चैत २७ गते विभुषण प्रदान गरिने

काठमाडौँ । वि.स. २०७६ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा घोषित विभूषण पाउनेहरुलाई यही चैत २७ गते विभूषित गरिने भएको छ ।
यसअघि नै सो विभूषण प्रदान गरिसक्नुपर्नेमा कोरोनाका कारण समयमै विभुषण प्रदान गर्न सकिएको थिएन ।
गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै महाउज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल किर्तिमय राष्ट्रदिप, प्रसिद्ध प्रवल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्राप्त गर्नेहरुलाई चैत २७ गते बिहान १० बजे राष्ट्रपति कार्यालयमा विभूषित गरिने भएकाले उपस्थितिका लागि आह्वान गरेको छ ।
राष्ट्रपति कार्यालयमा उपस्थित हुनका लागि चैत १८ देखि २५ गतेसम्म गृह मन्त्रालयको विभुषण शाखामा आफ्नो परिचयपत्रसहित सम्पर्क गरी सुशोभन समारोहको प्रवेशपत्र लिन गृहले अनुरोध गरेको छ ।

राष्ट्रपति कार्यालयमा कोभिड–१९को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै विभुषण प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।
विभुषण प्राप्त गर्नेहरुको नामावली हेर्नुहोस् ।















चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
अपेक्षित परिणाम ल्याउन सकिनँ, जनताको फैसला सम्मानसाथ स्वीकार गर्छु : ओली
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया