सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम- कृषिक्रान्ति नै देशको समृद्धिको पहिलो आधार

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थगलत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको बताएका हुन् ।
उनले भनेका छन्-
सुनकोशी-मरिण डाइभर्जन प्रेजेक्टको सुरूंग निर्माणको सफलता सबैकानिम्ति खुशीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा के हो भने जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार हो ।
तराई-मधेसमा खेतियोग्य जमीन धेरै भएको र पूर्व-पश्चिम महाभारत शृंखला भएर बग्ने कोशी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिंचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई-मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्रथमिकता दिनुपर्छ ।
मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व-पश्चिम नहर निर्माण गरेर तराई – मधेसमा कृषिक्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया