अछाममा सवारी दुर्घटनामा परी दुई पत्रकार घाइते
मेरोन्यूज
२०८१ जेठ ३ गते १८:५६

धनगढी । अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन्। कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार घाइते भएका हुन्।
उनीहरू सवार से ६ प ७९९९ नम्बरको मोटरसाइकल तुमाखाँद गाउँपालिका–८ का रोशन रिमालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको हो। जिल्लाको ढकारी गाउँपालिका–१ का बुढाको हातमा चोट लागेको प्रहरीले बताएको छ। रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरू उपचारपछि घर फर्किएका छन्।
सम्बन्धित











वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया