सात वटा निर्माण कम्पनी कालोसूचीमा पर्दै

काठमाडौं । मापदण्ड अनुसारको काम नगरेको भन्दै सरकारले सात वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने अन्तिम तयारी गरेको छ ।
यसअघि नै एक महिनाभित्र लिखित स्पष्टिकरण दिन भनिएकोमा हालसम्म पनि कुनै स्पष्टिकरण नआएपछि कालोसूचीमा राख्ने कम्पनीलाई स्पष्टिकरण दिन सात दिनको म्याद थप भएको छ । कालोसूचीमा राख्न नपर्ने कुनै कारण र आधार भए सात दिन भित्र सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा स्पष्टिकरण पेश गर्न सूचनामा भनिएको छ ।
सरकारले नन्दनी कन्स्ट्रक्सन कलैया–५ बारा, जी पी वी कन्स्ट्रक्सन हेटौंडा–४ मकवानपुर, सरस्वती निर्माण सेवा बहुअरी–४ पर्सा, आशिया कन्स्ट्रक्सन विरगञ्ज–३ पर्सालाई कालोसूचीमा राख्ने भएको हो । यस्तै सौरभ कन्स्ट्रक्सन सिर्सिया–१ पर्सा, सोनु कन्स्ट्रक्सन मुडली–७ पर्सा र दामु चन्द्रमाला कन्स्ट्रक्सन, चन्द्रमाला सप्लायर्स वसामडी–५ मकवानपुरलाई पनि कालोसूचीमा राख्ने भएको हो ।
सात वटै कम्पनीलाई कालोसूचीमा राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।
















रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया