फैसला पुनरावलोकन गराउन माओवादी केन्द्र ११ बजे सर्वोच्च जाँदै

काठमाडौं । नेकपा नाम ऋषि कट्टेललाई दिई एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।
कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कानून व्यवसायी सहित पुनरावलोकनको निवेदन लिएर मंगलबार विहान ११ बजे सर्वोच्च जाने जानकारी दिए । गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।
सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । माओवादी केन्द्रले यसअघि कानून व्यवसायी लगायत सरोकारवाला पक्षसँग छलफल गरी पुनरावेदन दिने निष्कर्षमा पुगेको थियो ।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रबचि एकता भइ बनेको नेकपाको दर्ता कानून सम्मत नदेखिएको भन्दै गत फागुन २३ गते खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७७ जेठ ३ गते अगाडी कै अवस्थामा फर्किएका छन् । अदालतको उक्त फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्र भने पुनरावलोकनको तयारीमा लागेको हो ।









एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रतिक्रिया