सिआईए अफिसर भइसकेका धरानका एड्रियन अमेरिकी संसदको उम्मेदवार

अमेरिका । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।
१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् । कुनैपनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो । उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।
उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् । साथै उनले लिएका एजेण्डाहरुका कारण उनलाई अमेरिकीहरुले पनि मन पराएका छन् ।
उनले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।
पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए ।
आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
को हुन् एड्रीयन पोख्रेल ?
बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा पोखरेलको जन्म भएको थियो । उनको बाल्यकाल सुनसरीमै बित्यो । उनले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।
त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे ।
उनको अध्ययन त्यतीमै रोकिएन । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे ।
अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए । सेनाको अधिकारी भएर १२ वर्ष काम गरे । उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए ।

















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया