लोकप्रिय बन्दै सीएफ मोटोका इलेक्ट्रिक स्कुटर

काठमाडौं। नेपाली बजारमा इलेक्ट्रिक दुई पाँग्रे सवारी साधनको उपलब्धता बढ्दै गएको छ । पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको प्रयोग बढ्दो छ ।
केहीदिनअघि मात्र चिनियाँ दुई पांग्रे ब्राण्ड सीएफ मोटोको जिहो इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल नेपालमा लन्च भएको थियो।
यस ब्रान्डका स्कुटर तथा मोटरसाइकल अहिले प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएका छन् ।

जिहो एई६ प्लस स्कुटरका फिचर
जिहो एई६ प्लस स्कुटर दुई भेरियन्टमा उपलब्ध छ। यो स्कुटर प्लस सिंगल ब्याट्री भेरियन्ट र डबल ब्याट्री भेरियन्टमा पाउन सकिन्छ ।
जिहो एई६ प्लस सिंगल ब्याट्री भेरियन्टको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ तोकिएको छ।
यस स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर छ भने १.८ किलोवाट क्षमताको ‘रिजेनेरिटिभ डबल ब्याट्री पाउन सकिन्छ।

एई–६ को अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा छ । सिंगल ब्याट्री भेरियन्टले ९० किलोमिटर र डबल ब्याट्री भेरियन्ट स्कुटरले फुल चार्जमा १६० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
सिंगल ब्याट्री भेरियन्ट ब्याट्रीलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डबल ब्याट्री भेरियन्टको ब्याट्रीलाई चार घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

डबल डिस्क ब्रेक दिइएको यो स्कुटरमा रिजेनेरिटिभ ब्रेकिङ सहितको कम्वाइन्ड ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३० एमएम छ ।
स्कुटरमा ट्युबलेस टायर, ब्रेम्बो क्यालिपरको ड्युअल डिस्क ब्रेक छ भने स्ट्यान्डर्ड ब्रेकिङ टाइप तथा टेलिस्कोपिक फोर्क सस्पेन्सन र हाइड्रोलिक सक एब्जर्बर छ ।
चिनियाँ कम्पनी जिहोको उत्पादन एई ६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।

एइ६ प्लस स्मार्ट अर्बन राइडकाे अवधारणामा डिजाइन गरिएकाे छ । र यसलाई ग्राहककाे रुचीअनुसार कम्पनिले ६ विभिन्न कलरमा ग्राहकलाई बिना थप शुल्क उपलब्ध गराउने कम्पनिले जनाएकाे छ ।
क्रुज कन्ट्राेल जस्ताे आधुनिक प्रविधिकाे रमाइलाे अनुभुति ग्राहकले यस स्कुटरमा लिन सक्छन् ।
यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
एनएफसी कार्ड बाट स्टार्ट गर्न सकिन्छ भने जिहो राइड याप बाट सम्पूर्ण राइड ट्र्याक गरी ब्याट्री हेल्थ तथा प्रविधिक समस्याको जानकारी लिन सकिन्छ ।
यसका बिक्री केन्द्र काठमाडौंको नक्साल, भक्तपुरको सल्लाघारी र ललितपुरको झम्सीखेलमा रहेका छन् भने पार्टस तथा सर्भिस सेन्टर कालोपुलको सिफलमा रहेको छ ।

विद्युतीय सवारीबाट आवाज र धुवाँ नआउने हुँदा वातावरण मैत्री हुन्छ । यसले कार्बन उत्सर्जनमा पनि कमी ल्याउँछ । कार्बन उत्सर्जन कम हुनु भनेको वातावरणलाई जोगाउनु हो ।
प्रतिक्रिया