विपद् प्रतिकार्यका लागि तयारी रहन सुरक्षा निकायहरूलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उनले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले मनसुन सुरु हुन लागेको भन्दै मनसुनजन्य विपद् बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशबासीहरुलाई अनुरोध पनि गरे । उनले मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको बताए । उनले हेटौंडा, धुलिखेल र विदुरमा विपद् सामाग्रीहरू भण्डारण गरेको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघसंस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नसके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले प्रदेश सरकारले यस वर्ष केही पालिकाहरूमा विपद् स्वयंसेवक निर्माण र परिचालन गर्दै आएकोमा त्यसलाई बढाएर अभियानात्मक रूपमा स्वयंसेवक निर्माण र परिचालन गर्ने जानकारी दिए । उनले विद्यालयस्तरमा गएर विद्यार्थीहरूलाई विपद् सुरक्षा संस्कृति निर्माणका लागि पढाउने र सिकाउने जानकारी पनि दिए ।
मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य विपद् पुर्वतयारीका लागि जोड दिएर काम गरिरहेको बताए।















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया