नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य
मेरोन्यूज
२०७७ चैत १९ गते १६:५२

काठमाडौं । नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएकी छिन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ, धु्रव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ रहेका छन् ।
साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा। शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया