टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।
एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।
त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडी आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको थियो ।
टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटकखेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया