संसदको गतिविधिलाई जनता समक्ष पुर्याउन मिडियाको भूमिका महत्वपूर्ण :राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए ।
सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनले भने ‘सही सूचनाहरुलाई दुनियाँभर पु¥याउने काममा पनि यहाँहरुको भूमिका हुनुपर्छ,अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरुलाई सच्याएर अगाडी जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ, मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि उहाँहरुले सोच्नु भा छ कि नभए नी सोचिदिनुहोला ।’
मिडियाबाट आएका समाचारहरुबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उनले बताए । संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया