दाङमा बस दुर्घटना हुँदा मृत्यु भएका दुई जनाकै सनाखत
मेरोन्यूज
२०७७ चैत २१ गते ८:५९

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
दाङको तुलसीपुरबाट भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना घाइते भएका थिए । दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
दुई जनालाई गएराति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने ६ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया