एमालेभित्र समानान्तर गतिविधी सञ्चालन गर्न खनाल नेपाल समूहको गृहकार्य जारी
स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिएको एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । शुक्रबारको बैठकमा राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएकोले आजको बैठकबाट निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।
खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । त्यसयता यो समूहले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।
अध्यक्ष ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल सहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
यसअघि हिजो बसेको सो समूहको स्थायी कमिटी बैठकले ओलीले विधान विपरितका गतिविधि गरेको भन्दै देशभर सक्रियतापूर्वक ओली प्रवृत्तिको विरोधमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेको थियो ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया