निलम्वित बैकुण्ठ अर्यालकाे सरुवा, गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी
मेरोन्यूज
२०८१ असार १० गते ११:१५

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिएको हो ।
त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।
गड्तौलाले अब अर्को मुख्य सचिव नियुक्त नभएसम्म कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।
सम्बन्धित










संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया