प्रजातान्त्रिक बिचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

प्रजातान्त्रिक बिचार समाज धनुुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित प्रजातान्त्रिक बिचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन ।
समाजको कन्द्रिय समितिले झालाई धनुुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन । प्रजातान्त्रिक बिचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका छन ।
नेपाली काग्रेस निकट विभिन्न क्षेत्रका बुुछजिवीहरुको सक्रियतामा ०५२ सालमा संस्थापित यो समाजको केन्द्रिय अध्यक्ष अहिले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले छन । समाजको सबै जिल्लाहरुको साथै देश वाहिर पनि संगठन रहेका छन । धनुुषा शाखाका अध्यक्षको जिम्मा पाएका पत्रकार झा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य समेत हुन ।
झा नेपालका मुलधारको पत्रकारितामा विगत डेढ दशक यता सक्रिय छन । उनी कान्तिपुर दैनिक, हिमाल खवरपत्रिका, अन्नपुर्ण पोष्ट र नयां पत्रिकामा काम गरिसकेका छन ।
धनुुषा शाखाको अध्यक्षको जिम्मा पाए पछि अव झाले आफनो नेतृत्वमा जिल्ला कमिटी निर्माण गर्नुको साथै मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत जिल्ला शाखाहरु गठन गर्ने छन । त्यसको साथै साथै बिचार समाजको व्यानरमा बैद्धिक विचार विमर्शहरु समेत संचालन गर्ने छन ।
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया