अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए ।
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।
त्यसपछि पूरै क्षेत्रमा त्रास फैलियो । प्रहरीले बिहीबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारेको थियो । यसपछि केही दूरीमा बालिकाको शव फेला परेको थियो ।
बिहीबार बिहानै उक्त क्षेत्रमा गोही देखेको प्रहरीले जनाएको छ । त्यसपछि वन विभागको टोलीले स्विमिङ पुल नजिकै गोहीको सङ्केत पाएपछि बालिकालाई गोहीले खाएको प्रष्ट भएको थियो ।
बालिकाका परिवारका अनुसार उनीहरु बिदा मनाउन पलुम्पा आएका थिए । यस अवधिमा उनले बालिकाका लागि पौडी खेल्ने कक्षा सञ्चालन गरेका थिए । पालुम्पाका मुख्यमन्त्री इभा ललरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यो घटनाले हृदयविदारक भएको बताइन्। उनले गोहीबाट जनतालाई जोगाउन अझै पहल गर्न बाँकी रहेको बताइन् ।
उनले उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको बताउदै यसलाई रोक्न आवश्यक रहेको बताएकी छन् ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया