बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आइतबार विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेका हुन् ।
“अविरल वर्षाका कारण बाढीपहिराबाट ठुलो जनधनको क्षति भएको छ, कयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसका कारण यात्रुहरू बिचल्लीमा परेका छन् । मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भने ।
महासङ्घले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्णरुपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपिल गरेको छ ।
बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासङ्घले अनुरोध गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया