बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ । बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।
स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उहाँले आग्रह गरे । “बाढीमा परेर चोटपटक वा बिरामी भएमा अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ, हालसम्म पाँचजनाको उपचार गरिसकेका छौँ, बिरामी आउनेक्रम जारी छ”, अध्यक्ष भट्टले भने ।
बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ परिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज मौसममा सुधार आएपछि बाढी प्रभावित घर फर्किन थालेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित घर फर्किन थालेको बताए । “बस्तीमा पानी घट्न थालेपछि बाढी प्रभावित घर फर्किन थालेका छन्”, उनले भने,“प्रभावितका लागि खान बस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।”
बाढी प्रभावित क्षेत्रमा हाल सङ्क्रात्मक रोगको जोखिम बढेको छ । चिकित्सकहरूले यस्ता क्षेत्रमा शुद्घ पानी, खाना र सुरक्षित आवासको अभावमा विभिन्न रोगको प्रकोप देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया