बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।
कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थि
ए। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरु बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।
यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, सुन्दरपुर, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत ठप्प हुने गरेको छ । रु २६ करोड लागतमा दुई वर्षभित्र सम्मन्न गरिसक्ने गरी पुलको ठेक्का सम्झौता भए पनि काम सुरु हुन नसकेको वडा नं २४ का वडाअध्यक्ष रासलास रायले बताए।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया