बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।
कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका थि
ए। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।
लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरु बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।
यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, सुन्दरपुर, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत ठप्प हुने गरेको छ । रु २६ करोड लागतमा दुई वर्षभित्र सम्मन्न गरिसक्ने गरी पुलको ठेक्का सम्झौता भए पनि काम सुरु हुन नसकेको वडा नं २४ का वडाअध्यक्ष रासलास रायले बताए।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया