रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान सुरू

भैरहवा । रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले एक साता देखि रुपन्देहीका विभिन्न सडकहरुमा यो अभियान गरिएको थियो । अभियानमा चालकहरुलाई सुसुचित गर्ने र बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्घंन गर्दा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वासका साथ ६ हजार सचेतनामुलक पर्चा, ५ हजार लेन अनुसानको स्टिकर समेत सवारीसाधनमा टासिएको छ ।
अभियान अन्तर्गत चलकहरुलाई गति, लेन र सडक प्रयोगकर्ता चालक वा पैदलयात्रुलार्ई लेन अनुशासनबारे जानकारी गराइएको थियो । बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानाको थालनी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अग्रसरता तथा नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको सहकार्यमा गरिएको अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वयसेवकको रुपमा विभिन्न संघ संस्था र भैरहवा क्षेत्रका ३ वटा विद्यालयको विद्यार्थीैहरुले रहेका थिए ।
अभियानले चालकहरुमा थाहा भई पनि लेन अनुशासन पालन नगरेको, थाहै नपाई गलत लेनमा हिडेको, कुन लेनमा कति गति हिड्ने बारे पनि अनविज्ञ रहेको पाइएको छ । एक साताको अभियामनमा सबैलाई सुसुचित गराइएपनि अब भने यसलाई निरन्तर पालना गर्नका लागि ट्राफिक खटिने र कारवाही समेत गर्नेछ । सभ्य नागरिकको परिचय दिनका लागि तोकिएको लेनमा तोकिएको स्पीडमा हिड्नु पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम बहादुर खत्रीले बताए ।
एक साता सम्म जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको प्रमुख जिल्लाअधिकारी गणेश अर्यालले बताए । । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्व बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रमका लागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उनले बताए ।
हामीले लेन अनुशासन नमान्दा नै अकलमा ज्यान गएका थुप्रै उदाहरण रहेकोले सचेत गराउनका लागि यो अभियान ७ दिन सम्म लागु गरिएको र आठौ दिबाट यस्को प्रयोग भएको छ । जब सम्म लेन अनुशासनको पालना हुदैन तब सम्म यो अभियान चालउनु पर्ने प्रजिअ अर्यालले बताए ।
लेन अनुशासन कार्यक्रमको संयोजन जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्ष्क बजिरसिंह विष्टले एक हप्तासम्म जिल्लाका दुई दर्जन बढी ठाउँमा गरिएको बताए । यसक्रममा विद्यार्थी र नागरिकस्तरबाट पनि स्वयंसेवीरुपमा सहयोग पाएको बताए ।
‘जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक संघसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको’, उनले भने, ‘यसले दुर्घटना कमगर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया