पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

गण्डकी। युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ। क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन र क्याम्पस प्रमुख सिशुकला पराजुलीलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युनाइटेड क्लबले जेहेन्दार विद्यार्थी अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकामा धन्यवाद व्यक्त गरे ।
युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई कालान्तरसम्म शिक्षामा सहयोग पुग्ने उनको भनाइ छ ।
युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउँसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थी अध्ययन गर्ने गरेको बताउँदै युनाइटेड क्लब पोखराको सहयोगले उनीहरूको शिक्षामा थप ऊर्जा मिलेको लालचनले बताए।
क्याम्पस प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जोकोही विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको छात्रवृत्तिसँगै पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुगेकामा युनाइटेड क्लब परिवारप्रति आभार व्यक्त गरे ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापनाकालदेखि हालसम्म आइपुग्दा एक दर्जन बढी विद्यालयमा आर्थिक अभावका बाबजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया