रौतहट झाँझ खोलामा बेवारिसे शव फेला
मेरोन्यूज
२०८१ साउन ८ गते १०:४१

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ ।
गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।
आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए।सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय गरुडाबाट १० जनाको संयूक्त टोलीले उक्त शव लाई बिहान ८बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकाली घटना स्थलामा मुचुल्क उठाउने कार्य भईरहेको छ ।
बरामद शवको हालसम्म पहिचान नखुलेको तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया