ओलम्पिक उद्घाटनकाे उल्लासमा पेरिस (तस्बिरहरू)

काठमाडौं । ओलम्पिक खेलको इतिहासमा पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह भएको छ ।
३४औँ संस्करणको उद्घाटन अहिलेसम्मकै नौलोपना दिलाउन आयोजक राष्ट्र फ्रान्सले रंगशालाबाहिर उद्घाटन समारोह राखेको हो । विश्वचर्चित आइफल टावर हुँदै बग्ने सेन नदीमा ओलम्पिकको भव्य उद्घाटन भएको हो ।
सय वर्षपछि फ्रान्सले तेस्रोपटक आलम्पिक आयोजना गर्ने अवसर पाएको हो ।
नेपाली समयअनुसार शुक्रबार ११:१५ बजे सुरु भएको उद्घाटन समारोहमा एक सय २० भन्दा बढी राष्ट्रका विशिष्ट नेता तथा प्रशासकीय अधिकृत सहभागी भएको एजेन्सीले जनाएको छ ।
उद्घाटन समारोहमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो । तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा अवलोकन गरेको उद्घाटन समारोह दुई घण्टा लामो समयसम्म चल्यो । फ्रान्सले ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ । १६ दिनसम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन् । पछिल्ला संस्करणमा जस्तै नेपाली टोलीमा खेलाडी, प्रशिक्षकभन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । पेरिसमा सात खेलाडीसहित नेपाली टोलीमा २७ जना सदस्य छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका १० हजार ६ सय खेलाडीले पेरिसमा प्रतिस्पर्धा गर्ने छन् । ३२ खेलमा १० हजार ७१४ खेलाडीले आ–आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । पेरिस ओलम्पिकमा ३२९ इभेन्ट्स हुनेछ । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ ।

























कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया