शैलुङका किसानलाइ आलु खन्न भ्याइ नभ्याइ

शैलुङ । दोलखाको शैलुङका किसानलाइ यतिबेला आलु खन्न भ्याइ नभ्याइ छ ।
असार अन्तिम सातादेखि यहाँका किसान आलु खन्ने र काउली, बन्दकोपी र गाजर जस्ता तरकारी लगाउने कार्यमा व्यस्त छन्।
यहाँको मुख्य आम्दानीको स्रोत नै आलु, काउली हो । पुस, माघमा रोपेको आलु असारबाट खन्न सुरु हुन्छ । यहाँमा उत्पादन हुने आलु खानको लागि स्वादिष्ट हुने हुँदा बजारमा माग उच्च हुन्छ। काठमाडोँ, भक्तपुर, ललितपुर, सिन्धपाल्चोक लगायतका बजारमा शैलुङको आलुले राम्रै भाउ पाउँछ । आलु किन्न व्यापारीहरु किसानको बारीमै पुग्छन् । त्यसैले किसानलाई आफुले उत्पादन गरेको आलु बिक्री गर्न समस्या हुँदैन ।
यसपटक भने सदाको भन्दा आलु कम उत्पादन भएको स्थानीयको भनाइ छ । समयमै पानी नपर्दा खडेरीले कम आलु फलेको स्थानीय किसान चन्द्र ब.श्रेष्ठले बताए ।
‘पोहोर ४० बोरा आलु फलेको बारीमा यसपाली १८, २० बोरा मात्र फलेको छ, समयमै पानी नपर्दा आलु कम फल्यो’ उनले भने ‘कम फलेपनि बजारमा माग उच्च हुँदा मुल्य भने राम्रै रहेको छ ।’










पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया