शैलुङका किसानलाइ आलु खन्न भ्याइ नभ्याइ

शैलुङ । दोलखाको शैलुङका किसानलाइ यतिबेला आलु खन्न भ्याइ नभ्याइ छ ।
असार अन्तिम सातादेखि यहाँका किसान आलु खन्ने र काउली, बन्दकोपी र गाजर जस्ता तरकारी लगाउने कार्यमा व्यस्त छन्।
यहाँको मुख्य आम्दानीको स्रोत नै आलु, काउली हो । पुस, माघमा रोपेको आलु असारबाट खन्न सुरु हुन्छ । यहाँमा उत्पादन हुने आलु खानको लागि स्वादिष्ट हुने हुँदा बजारमा माग उच्च हुन्छ। काठमाडोँ, भक्तपुर, ललितपुर, सिन्धपाल्चोक लगायतका बजारमा शैलुङको आलुले राम्रै भाउ पाउँछ । आलु किन्न व्यापारीहरु किसानको बारीमै पुग्छन् । त्यसैले किसानलाई आफुले उत्पादन गरेको आलु बिक्री गर्न समस्या हुँदैन ।
यसपटक भने सदाको भन्दा आलु कम उत्पादन भएको स्थानीयको भनाइ छ । समयमै पानी नपर्दा खडेरीले कम आलु फलेको स्थानीय किसान चन्द्र ब.श्रेष्ठले बताए ।
‘पोहोर ४० बोरा आलु फलेको बारीमा यसपाली १८, २० बोरा मात्र फलेको छ, समयमै पानी नपर्दा आलु कम फल्यो’ उनले भने ‘कम फलेपनि बजारमा माग उच्च हुँदा मुल्य भने राम्रै रहेको छ ।’
















भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया