शुक्रबार, वैशाख २५, २०८३

सूर्यज्योती लाइफको  ९२ हजार  कित्ता संस्थापक सेयर बिक्रीमा

मेरोन्यूज २०८१ साउन १३ गते १६:०६

काठमाडौँ । सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा रहेको छ ।

Advertisement
NiccNicc

सूर्यज्योती लाइफको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर एनआईसी एशिया बैंकले साउन १३ गतेदेखि बिक्रीमा राखेको हो ।बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । 

खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया