सडक विभाग परिसरमा सरसफाई तथा बृक्षारोपण

काठमाडौं । शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा काठमाडौंको बबरमहल स्थीत सडक विभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्य समितिद्वारा आयोजित सडक बिभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्र्तगत सरसफाई तथा बृक्षारोपण गर्ने कार्य शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसका अवसरमा सम्पन्न गरेको हो ।
बिभागीय कार्यसमितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देल बिशिष्ट अतिथी तथा सडक बिभागका महानिर्देशक रामहरी पोखरेल र यातायात ब्यावस्था विभागका महानिर्देशक उद्धब प्रसाद रिजाल विशेष अतिथिका रुपमा सहभागी थिए । सो कार्यक्रममा मन्त्रालय र अन्तर्गतका सहसचिबहरु, उपसचिवहरु, ईञ्जिनियर, सब ईञ्जिनियर देखि सडकमा प्रत्यक्ष काम गर्ने लेन्थवर्कर समेत गरि एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रिय अध्यक्ष कोइरालाले आफ्नो मन्तव्यको क्रममा भने – ‘बिभागीय कार्य समितिको सृजनात्मक कार्य प्रशंसा योग्य छ, आगामी दिनमा पनि यस्ता कार्यक्रम तथा कर्मचारीहरुको हकहितमा दत्तचित्त भएर लाग्न आग्रह गर्दछु ।’
उक्त कार्यक्रममा अतिथीलाई स्वागत गर्दै कार्यसमितिका अध्यक्ष खतिवडाले सरसफाई अभियान प्रतिकात्मक भएको अब कार्यालय परिसरको फोहोरसंगै मन्त्रालय भित्रका बिसंगतीहरुको सफाई गर्ने तर्फ संगठन अगाडि बढ्ने जानकारी दिँदै उपस्थितीकालागि सबैमा आभार ब्यक्त गरे । १ घण्टा भन्दा बढी चलेको कार्यक्रमको सञ्चालन बिभागीय कार्यसमितिका सचिब रामचन्द्र फुयालले गरेका थिए ।
संगठनले शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवस प्रत्येक श्रावण १५ गते मनाउँदै आएको छ ।














देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया