गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो ।
खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो ।
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी निर्देशनालय पोखराले गाईभैँसीमा खोरेतविरुद्ध छ लाख १८ हजार आठ सय ३३, भ्यागुते÷चरचरेविरुद्ध एचएसविक्यु खोप गाईभैँसीलाई ७९ हजार दुई सय ४४, लम्पीस्किन गाईभैँसीलाई एलएसडी खोप एक लाख एक हजार आठ सय ७२ मात्रा लगाइएको थियो ।
यसैगरी भेडा तथा बाख्रामा पिपिआर खोप ११ लाख ३९ हजार पाँच सय १९, कुकुरलाई रेबिजविरुद्धको खोप ६६ हजार एक सय ५२ र बङ्गुरलाई सिएफएस खोप ४२ हजार चार सय ४८ डोज लगाइएको थियो ।
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि ८५ पालिकाका सात सय ५९ वटै पालिकाका खोप कार्यक्रम सञ्चालन भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईले बताउनुभयो । गत वर्ष निर्देशनालयले पूर्णखोप कार्यक्रमका लागि रु ११ करोड ८४ लाख बजेट विनियोजन गरेकामा रु नौ करोड ५४ लाख ४३ हजार खर्च भएको बताइन्छ ।
गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।
जिल्लास्थित भेटेरिनरी अस्पतालले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेका हुन् । “ पशुमा पूर्णखोप कार्यक्रम गण्डकी प्रदेशमा अत्यन्त प्रभावकारी भएको छ”, महानिर्देशक भट्टराईले भने, “खोपकै कारण महामारीजन्य रोगबाट पशुलाई बचाउन र सम्भव भएको छ, यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छौँ ।”
















भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया