जापानमा छुरा प्रहारबाट ३ जनाको मृत्यु

काठमाडाैँ । मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २ः२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।
प्रहरी अधिकारीहरूले उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उहाँकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थिए भने उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया