अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०८१ साउन १४ गते १७:४२

काठमाडौं । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया