आइतबार, वैशाख २०, २०८३

किसानलाई अनुदानमा हातेट्रयाक्टर

मेरोन्यूज २०८१ साउन १७ गते ९:४६

दमौली (तनहुँ) । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ ।

Advertisement
NiccNicc

गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो । कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट रु ३० हजार सात सय पचास लिएर प्रदान गरेको हो ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने प्रमुख रवि रामदामले भने, “कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्रयाक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ ।”

प्रतिक्रिया