एयर इण्डियाले बन्द गर्यो इजरायलका उडान

काठमाडौँ । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ ।
इरानले हानियाको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ । इजरायल उच्च सतर्कतामा छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले भारत र इजरायलको राजधानी तेल अवीवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ ।
एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै अगस्त ८ सम्म सेवा बन्द गर्ने घोषणा गरेको छ ।
एयर इन्डियाले भनेको छ, ‘पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अवीवमा प्रस्तावित उडान तत्काल प्रभावबाट रोक्ने निर्णय गरेका छौं। तेल अभिभबाट आउने र यहाँबाट तेल अवीव जाने हवाई सेवाहरू हाल अगस्ट ८, २०२४ सम्म बन्द हुनेछन् । हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौं ।’
बुधबार इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासले यसका लागि इजरायललाई दोष दिएको छ । योसँगै इरानले पनि इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । यसको जवाफमा इजरायलले पनि इरानलाई कडा जवाफ दिने बताएको छ । इस्माइल हानियाको मृत्यु हुनुभन्दा एक दिन अघि, लेबनानको बेरुतमा इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका थिए । जसमा हिजबुल्लाहले इजरायलले बदला लिने धम्की दिएको छ ।
हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण समेत सुरु गरेको छ ।
इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाब बढेको भएपनि अहिले पछिल्लो घटनाक्रमका कारण तनाव उत्कर्षमा पुगेको छ र अब इजरायल–हमास युद्ध पश्चिम एसियाभर फैलिन सक्ने आशंका गरिएको छ । अमेरिकाले इरानले इजरायलमा आक्रमण गरे इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्ने घोषणा गरेको छ । यही कारणले गर्दा एयर इन्डियाले सावधानीका रूपमा केही समयका लागि तेल अवीवका लागि उडान सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया