जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण
मेरोन्यूज
२०८१ साउन १९ गते १२:१८

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाभित्र जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । जोखिममा रहेका बालबालिकासहित अभिभावकलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको ‘सहयात्रा परियोजना थ्री’मार्फत गाउँपालिकाका आठवटा वडाका चार सय ३२ बालबालिकालाई खाद्यान्न वितरण गरिएको भिडिसेफका अध्यक्ष कल्पना रावलले जानकारी दिइन् । “जोखिममा रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, उनीहरुको खाद्य अधिकार सुरक्षित गर्न आवश्यक सामग्री वितरण गरेका छौँ”, उनले भनिन् ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिकालाई वडा बालअधिकार समितिको सिफारिसमा खाद्यान्न वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष धर्मा शाहीले बताए ।
सम्बन्धित










राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया