५० किलोग्राम गाँजासहित एक महिला पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सामा ५० किलोग्राम लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । “पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भने ।
यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजकअनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक सडकखण्डमा ना७ख १६३१ नम्बरको ट्रकमा बिलविजकअनुसार नभएको सामान पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो ।










नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया