मिर्गौला पीडितलाई सामाजिक सञ्जालबाट सहयोग जुटाउँदै

तनहु । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट दुई लाख आर्थिक सहयोग जुटेको छ ।
ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि तीन दिनमा रु एक लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहेका ऋषिङबासी र अन्य व्यक्तिबाट उक्त रकम प्राप्त भएको हो । सामाजिक सञ्जालमा सहयोग रकम सङ्कलन अभियान ऋषिङ गाउँपालिकाका प्रवक्ता एवं अभियन्ता बिजय दरैले सुरु गरेका थिए ।
आफ्नो जन्मदिनमा खर्च गरिने रकम प्रदान गरी दरैले अभियान थालेको बताए । उनले भने, “घरको अवस्था देख्दा मनमा दया जागेर आयो, सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोग गरी अभियान थालेको हुँ ।”
उनका अनुसार विभिन्न स्थानबाट सहयोग आउने क्रम जारी छ । सहयोग रकम जुट्न थालेपछि उपचारसमेतमा सहज भएको छ । उनको हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
जन्मदिनमा केक काटेर गरिने खर्च कटौती गरी सहयोग स्वरुप रु सात हजार पाँच सय सहयोग गरेर दरैले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । उनको अभियानमा हालसम्म ६० जनाले सहयोग गरिसकेका छन् ।
मिर्गौला पीडित नेपालीले भने, “मेरो उपचारका लागि विजय सर अहोरात्र खटेर आर्थिक सहयोग जुटाइरहेका छन् ।”











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया