मिर्गौला पीडितलाई सामाजिक सञ्जालबाट सहयोग जुटाउँदै

तनहु । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट दुई लाख आर्थिक सहयोग जुटेको छ ।
ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि तीन दिनमा रु एक लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहेका ऋषिङबासी र अन्य व्यक्तिबाट उक्त रकम प्राप्त भएको हो । सामाजिक सञ्जालमा सहयोग रकम सङ्कलन अभियान ऋषिङ गाउँपालिकाका प्रवक्ता एवं अभियन्ता बिजय दरैले सुरु गरेका थिए ।
आफ्नो जन्मदिनमा खर्च गरिने रकम प्रदान गरी दरैले अभियान थालेको बताए । उनले भने, “घरको अवस्था देख्दा मनमा दया जागेर आयो, सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोग गरी अभियान थालेको हुँ ।”
उनका अनुसार विभिन्न स्थानबाट सहयोग आउने क्रम जारी छ । सहयोग रकम जुट्न थालेपछि उपचारसमेतमा सहज भएको छ । उनको हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
जन्मदिनमा केक काटेर गरिने खर्च कटौती गरी सहयोग स्वरुप रु सात हजार पाँच सय सहयोग गरेर दरैले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । उनको अभियानमा हालसम्म ६० जनाले सहयोग गरिसकेका छन् ।
मिर्गौला पीडित नेपालीले भने, “मेरो उपचारका लागि विजय सर अहोरात्र खटेर आर्थिक सहयोग जुटाइरहेका छन् ।”
















थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया