भारतकी राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुगेकी छिन् ।
राष्ट्रपति मुर्मू उनका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुगेकी हुन् । फिजीमा रहँदा उनले फिजीका समकक्षी काटोनिभेरे र प्रधानमन्त्री सिटिभेनी राबुकासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
अगष्ट ५–६ को फिजी भ्रमणपछि उनी न्युजिल्यान्ड र टिमोरको लेस्टी भ्रमण गर्ने कार्यक्रम रहेको छ । फिजीमा राष्ट्रपति मुर्मूले त्यहाँको संसदलाई सम्बोधन गर्ने र प्रवासी भारतीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो चरणमा राष्ट्रपति मुर्मु न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोको निमन्त्रणामा अगस्ट ७ देखि ९ सम्म न्युजिल्यान्डको भ्रमण गर्नेछिन् । न्युजिल्यान्ड भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठक तथा भेटवार्ता गर्ने कार्यक्रम छ । न्युजिल्यान्डमा राष्ट्रपति मुर्मूले शैक्षिक सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणको अन्तिम चरणमा, राष्ट्रपति मुर्मुले टिमोर लेस्टीका राष्ट्रपति जोस रामोस–होर्टाको निमन्त्रणामा तिमोर लेस्टीको यात्रा गर्ने बताइएकोृ छ। उनले टिमोर लेस्टीका प्रधानमन्त्री जानाना गुस्माओसँग पनि भेटवार्ता गर्नेछिन् ।
राष्ट्रपति मुर्मुको फिजी, न्युजिल्यान्ड र तिमोर–लेस्टीको भ्रमणले ती देशहरूसँगको द्विपक्षीय सम्बन्धमा भारतले दिएको महत्त्वलाई जोड दिने र प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षअघि नवौँ पूर्वी एसिया शिखर सम्मेलनमा घोषणा गरेको ‘एक्ट इस्ट’ नीतिमा केन्द्रित रहने जनाइएको छ ।
–एजेन्स














सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया