युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएको छ : मन्त्री चौधरी
मेरोन्यूज
२०८१ साउन २२ गते १६:३०

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु ”। उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने बताए । युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।
स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उनले प्रशंसा गरे ।
सम्बन्धित

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया