शेख हसिनाको मुश्किल बढ्दै, अमेरिकाको भिसा रद्ध, बेलायतले शरण दिन आनाकानी

काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्बजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ । ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दुताबासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ । दुताबासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्ध गरेको उल्लेख गरेका छन् ।
बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबि गरिएको छ ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।
यसैबीच बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ ।














कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया