बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत

ढाका। संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनर्स्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका टि्ब्युनले लेखेकाे छ ।
महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ ।
‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रीफिङमा भनेका छन् ।
‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।
आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया