बोलेरो भिरबाट खस्दा १ जना घाइते

म्याग्दी (बेनी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो ।
बोलेरोसँगै खस्नुभएका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो ।
सामान राख्दै गरेका दुवै जना र बोलेरोभिर सवार स्थानीय वीरबहादुर गर्बुजाले हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ । सडकमा बोलेरो रोकेर टायरमा ढुङ्गाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया