अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ गरको छ ।
जसमा पर्सा, पटर्वासुगौली गाउँपालिका-४ अकवा गाउँबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम, चरेश १ सय ९२ किलोग्राम र गाँजाको धुलो २ सय ६७ किलोग्राम सहित कालिकामाई गाउँपालिका-१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गाउँमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गाउँको विभिन्न स्थानबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ११ किलोग्राम सहित धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३६ वर्षीय उत्तम ठकुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९३३७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्रक चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-११ बाट अवैध लागूऔषध चरेश ३८ ग्राम ८ सय ७० मिलिग्राम सहित काठमाडौं त्रिपुरेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-६ घर भएका २३ वर्षीय रोशन कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट थापाथलीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
चितवन, इच्छाकामना गाउँपालिका-५ भक्टेश्वरा बस्ने ५८ वर्षीया धन माया गुरुङलाई अवैध लागूऔषध गाँजा १३ किलो ९ सय ८६ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम, गाँजा १ सय ग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय कमल गुरूङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने २४ वर्षीय महेन्द्र शाही र सोही नगरपालिका-२ बस्ने २४ वर्षीय जगत शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-३ स्थित कानेपोखरी-रंगेली सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भस्कर कुमार शर्मा र २५ वर्षीय सौरव कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एल ९३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया