नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालले गरेको ७ बुँदे सहमति पश्चगामी र प्रतिगामी कदम रहेको तर्क गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार सर्कुलर जारी गर्दै सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सर्कुलरमा हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, भावी दिशा र कार्यक्रमबारे राखेका धारणाहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएकाे छ ।
‘संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक– समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ’ सर्कुलरमा भनिएको छ, ‘विधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावाद तर्फ लैजाने दिशामा उद्धत देखिन्छ ।’
भ्रष्ट्राचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत कांग्रेस र एमालेमा देखिएको जिकिर गरिएकाे छ । ‘प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्ने छ । सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकता लाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ’ सर्कुलरमा भनिएकाे छ ।
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया