योगी पाइलट बाबाको निधन

काठमाडौँ । योगी पाइलट बाबाको निधन भएको छ।
भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पाइलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।
पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।
इन्स्टाग्राममा लेखिएको छ- ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।’













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया