कहिले पद जान्छ नसोचेर काम गरौँ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठकमा मन्त्री पौडेलले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका हुन् ।
तिनै तहले आ-आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्था रहेको उनले बताए । ‘हामी सबैभन्दा बढी प्रस्ताव क्याबिनेटमा लैजाने मन्त्रालयका रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विकास गर्न चाहन्छौँ,’ उनले भने, ‘सहकार्यका सकेसम्म धेरै प्रस्ताव ल्याउन प्रदेश तथा स्थानीय तहसँग आग्रह गर्छु ।’
मन्त्री पौडेलले जिम्मेवारीमा नरहेका चिकित्सकलाई काममा लगाउन नसक्नु कमजोरी रहेको भन्दै संघको रकममा योगदान गरेर इन्सेन्टिभ दिएर भएपनि हरेक अस्पतालमा चिकित्सक रहने वातावरण मिलाउन सहकार्यको प्रस्ताव गरे । ‘लाखौँ खर्च गरेका चिकित्सकले न्यून तलबका कारण सेवा तोकिएको ठाउँमा नगएको पाइएको छ,’ उनले भने, ‘यस्तोमा प्रदेश र स्थानीय तहबाट पनि योगदान गरेर चिकित्सक गाउँमा बस्ने वातावरण मिलाऔँ ।’










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया