कहिले पद जान्छ नसोचेर काम गरौँ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठकमा मन्त्री पौडेलले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका हुन् ।
तिनै तहले आ-आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्था रहेको उनले बताए । ‘हामी सबैभन्दा बढी प्रस्ताव क्याबिनेटमा लैजाने मन्त्रालयका रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विकास गर्न चाहन्छौँ,’ उनले भने, ‘सहकार्यका सकेसम्म धेरै प्रस्ताव ल्याउन प्रदेश तथा स्थानीय तहसँग आग्रह गर्छु ।’
मन्त्री पौडेलले जिम्मेवारीमा नरहेका चिकित्सकलाई काममा लगाउन नसक्नु कमजोरी रहेको भन्दै संघको रकममा योगदान गरेर इन्सेन्टिभ दिएर भएपनि हरेक अस्पतालमा चिकित्सक रहने वातावरण मिलाउन सहकार्यको प्रस्ताव गरे । ‘लाखौँ खर्च गरेका चिकित्सकले न्यून तलबका कारण सेवा तोकिएको ठाउँमा नगएको पाइएको छ,’ उनले भने, ‘यस्तोमा प्रदेश र स्थानीय तहबाट पनि योगदान गरेर चिकित्सक गाउँमा बस्ने वातावरण मिलाऔँ ।’

















हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया