अनलाइन किनेकाे अन्डरवियर लगाउँदा प्रेग्नेन्ट !

चीनकी एक महिला आफ्नो अनौठो दाबीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । महिलाको दाबी छ कि उनले एक अन्डरवियर अनलाइन किनेकी थिइन्, जुन लगाउँदा उनकी छोरी गर्भवती भइन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती महिलाले चीनको सबैभन्दा ठूलो अनलाइन रिटेल प्लेटफर्म मध्येको एक ताओबाओबाट एक जोडी अन्डरवियर किनेको दाबी गरिन् र आफ्नो छोरी यो लगाएपछि गर्भवती भएको गुनासो ग्राहक सेवामा गरिन्। कम्पनीका कर्मचारीहरूले ती महिलालाई यो सम्भव नभएको भनी बुझाउने प्रयास गरे पनि महिलाले स्पष्टीकरण चाहन्छु भनी अडिग रहिन्।
महिलालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए ।
ती महिलाले आफ्नो कथा सार्वजनिक गर्न सक्छिन् कि भनेर कम्पनीलाई डर थियो । त्यसैले कम्पनीले तुरुन्तै महिला र ग्राहक सेवा बीचको कुराकानीलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका थियो ।
यो पोष्ट एकैछिनमा भाइरल हुन पुग्यो । पोष्ट हास्यास्पद टिप्पणीहरूले भरिएको थियो। कतिपयले आमाको गालीबाट बच्न केटीले यो नाटक रचेको टिप्पणी गरेका छन् भने कतिपयले हास्यास्पद कमेन्ट गर्दै अनौठा कारणहरु बताएका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया