चिसापानी पुलबाट हाम फालेका एक किशोर बेपत्ता
मेरोन्यूज
२०७७ चैत २९ गते १३:१७

कैलाली । कर्णालीको चिसापानी पुलबाट हाम फालेका एक किशोर बेपत्ता भएका छन्। पुलबाट तीन जनाले हाम फालेका थिए । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का रहेका छन् ।
उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। उनी हाम फालेको केही समयमै फेला परेका थिए । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्का १७ वर्षका वीरेन्द्र सिंह पनि नदीमा हाम फालेको केहीबेरमै फेला परेका थिए। उनी सकुशल रहेको प्रहरीले बताएको छ। प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरू तीनै जना कक्षा १० मा पढ्छन् । शनिबार आठ जनाको समूह बनाएर उनीहरू चिसापानी घुम्न गएका थिए।
सम्बन्धित









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया