शुक्रबार, पुष १८, २०८२

एकीकृत समाजवादीको चुनावमा ३२२ मत खस्यो, गणना सुरु

मेरोन्यूज २०८१ भदौ ११ गते २१:५७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। 

मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो ।

मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीका शीर्ष नेता घनेन्द्र बस्नेतले उम्मेदारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।

प्रतिक्रिया