माओवादी केन्द्रको सुदूरपश्चिमको परामर्श बैठक सम्पन्न

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ ।
हिजोदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ । जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका थिए ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।













‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया