‘स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको हो’

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।
धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे । उनले भने, ‘मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।’
विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री लेखकले बताए । देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको उल्लेख गर्दै उनले यो समीकरणको पूर्णपालना हुने प्रतिवद्धता व्यक्त गरे ।
नयाँ समीकरण र नयाँ सरकार बनेपछि जनतामा आशा देखिएको बताउँदै गृहमन्त्री लेखकले भने, ‘नयाँ सरकार बनेको ३० दिनमा १८ वर्षदेखि थातिरहेको ‘टिआरसी’ विधेयक पारित गर्न सफल भएका छौँ । यो विधेयक पारित हुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट समर्थन प्राप्त भएको छ ।’
गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह प्रदेशमा आएका मन्त्री लेखक तीन दिनदेखि कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया