सम्पन्न भयो सूर्यविनायक गणेश जात्रा

भक्तपुर । गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको चाँदीको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा मनाइएको थियो ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले आज बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई साँझ गणेश जन्मोत्सव जात्रा गरेका हुन् ।
सूर्यविनायक क्षेत्र प्रबन्ध समितिको संयोजन र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको गणेश अर्थात् इनरे गणेद्यो खट जात्रा हजारौँको सहभागितामा दिनभर टोलटोलमा खटलाई परिक्रमा गराई साँझ सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष एवं प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । “पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो विगत पाँच वर्षदेखि भने नियमित रूपमा सञ्चालन गरिरहेका छौँ । यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दूर खेल्दै रथ टोलटोल पु¥याएर हर्षोल्लासका साथ जात्रा मनाइएको छ”, उनले भने । जात्रा व्यवस्थापनका लागि दुईवटै वडाले रु तीन‐तीन लाख सहयोग गरेका अध्यक्ष बस्नेतले बताए ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको यस जात्रालाई बर्सेनि निरन्तरता दिइने क्लबका अध्यक्ष मनोज गिरीले बताए ।
जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।
काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । समितिकानुसार यहाँ रहेको गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

















हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया