विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

काठमाडौँ । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ ।
अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन्। भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।
भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले ब्राजिलले अर्जेन्टिनाको दूतावासको मर्मत सम्भारको व्यवस्था पनि खारेज गरेको छ ।
भेनेजुएला निर्वाचन परिणाम शंकास्पद मानिने देशहरूको सूचीमा परेको छ । विपक्षी दलहरूले भनेका छन्, उनीहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर पश्चिमी देशहरूले उनलाई मान्यता दिन अस्वीकार गरेका थिए ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया